हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोनाबिरुद्धको खोप अभाव नहुने दावी गरेका छन् । शनिबार प्रधानमन्त्री निबास बालुवाटारमा त्रिशुली–प्रसारण लाइन र सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा केहि दिनभित्रै प्रयाप्त कोरोनाबिरुद्धको खोप आउने दावी गरेका हुन् । उनले खोप आउने बितिकै मुलुकका सवै स्थानमा समूह समूह बनाएर खोप अभियान नै सञ्चालन गर्ने बताए । यसअघि खोप ल्याउन समस्या भए पनि अहिले विभिन्न राष्ट्रसँगको पहलमा खोप आउन लागेको उनले जानकारी दिए । प्रधानमन्त्री ओलीले सकेसम्म छोटो अवधिमै सबैलाई खोप लगाउने र खोप पाइएन भन्ने स्थिति नहुने धारणा राखे । सडक सञ्जाल, हवाइ मैदान निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने लगाएत बिकास निर्माणमा सरकारले उपलव्धीमुलक काम गरेको उनले बताए । प्रधानमन्त्री ओलीले चौतर्फी बिकासको अभियान नै चलाएको जिकिर गरे । त्यस्तै प्रधानमन्त्री ओलीले उर्जा क्षेत्रमा पनि निकै बिकास भएको बताए । प्रसारण लाईन बिस्तार नहुँदा उत्पादित बिधुतको उपभोगमा हुने समस्या अव नरहने उनको भनाई छ । प्रधानमन्त्री ओलीले नेपाल विधुत प्राधिकरणले निर्माण गरेको समुन्द्रटार त्रिशुली ३ बी हब १३२ के.भी प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गरेका हुन् । निर्माण सुरु भएको ५ वर्षमा सम्पन्न २६ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन लक्ष्यभन्दा १ वर्ष ढिलो गरी सञ्चालनमा आएको हो । प्राधिकरणले त्रिशुली, रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न प्रसारण लाइन निर्माण गरको हो ।  
प्रकाशित मिति: शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update