नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकारात्मक रुपले अघि बढेको छ । सिंहदरबारमा बुधबार बसेको कार्यदल बैठकमा विवाद समाधानका लागि विभिन्न बिकल्पमाथि छलफल भएको र बिहीबार टुङ्गोमा पुग्नेगरि तयारी गर्ने नेताहरुले जनाएका छन् ।
बैठक सकारात्मक दिशातर्फ अघि बढेको र पार्टी विवाद समाधान हुने विश्वास नेताहरुले गरेका छन् । बैठकपछि एमाले नेता सुवास नेम्वाङले विवाद समाधानका लागि बिहीबार बिहानसम्म दुई पक्षबीच नै छलफल हुने र बिहीबार बस्ने बैठकमा सहमतिको ठोस कार्ययोजना बनाउन प्रयास गर्ने जानकारी दिए । सहमतिको वातावरण बनेको र छलफल परिणाम नजिक पुगेको भए पनि बिहीबार मात्रै टुङ्गो लाग्ने उनले बताए ।
त्यस्तै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विवाद समाधानको प्रयासस्वरुप अघि बढिरहेको जानकारी गराएयो । उनले बिहीबार नै टुङ्गोमा पुग्ने दावी गरे ।
त्यस्तै एमाले नेता गोकर्ण बिष्टले विवादित विषयको सहमति नजिक पुगेको बताए । अदालतको फैसला मुताविक २०७५ जेठ २ गतेको अवस्थामा फर्किसकेपछि पार्टी र जनसंगठन त्यही अवस्थामा पु¥याउने सहमति भएको उनको भनाई छ
एमालेभित्रको विवाद मिलाउन पछिल्लो केही दिनदेखि दुवै पक्षका नेतासम्मीलित कार्यदल निरन्तर छलफलमा छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि निष्कृय रहेको कार्यदल असार २१ गते पुनः सक्रिय भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय