नेपाली काँग्रेस कास्कीले क्रियाशील सदस्यको वितरण केन्द्रीय कार्यालयलाई बुझाएको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो ।
टोलीमा उपसभापति आइ बहादुर गुरुङ, सचिव सुदिपमोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे र प्रवक्ता नवीन सिग्देल छन् ।
कास्की काँग्रेसले नयाँ र पूरानो गरी १९ हजार एक सय ४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
टोलीले पार्टीका केन्द्रीय नेताहरुसँग भेटघाट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी १४ औं महाधिवेशन बारे छलफल गरेको थियो ।
प्रकाशित मिति: बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय