हिमाल दैनिक
ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता, सहमतिमा पुग्न सकेनन
kp-oli-madhav-kumar-nepal
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार साँझ काठमाडौंको एक होटलमा भएको छलफल सकारात्मक भएको नेताहरुले जनाएका छन् । यद्धपी भेटमा पार्टी भित्रको विवादका बिषयमा कुनै सहमति भने हुन सकेन । एमाले नेता भीम रावलले विवादलाई कसरी सकारात्मक परिणामतर्फ लैजाने भन्ने विषयमा छलफल भएको बताए । लामो समयदेखिको विवाद भएकाले गम्भीर कुराकानी गरेर मात्रै निर्णयमा पुगिने उनले बताए । उनले बिहीबार बस्ने विवाद समाधान कार्यदलको बैठकमा थप छलफल हुने राववले बताए । यस्तै एमाले कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले पनि छलफल सकारात्मक भएको भए पनि टुंगोमा नपुगेको बताएका हुन् । सुरुमा ओली–नेपाल दुबै समूहका कार्यदल सदस्यसहित छलफलमा बसेका थियो भने त्यसपछि एक्लाएक्लै छलफल भएको थियो । यसअघि बुधबार दिउँसो भएको एमालेको कार्यदलको बैठकले ओली नेपालबीच कुराकानी भएपछि मात्रै टुंगोमा पुग्न सकिने निष्कर्ष निकालिएको थियो।
प्रकाशित मिति: बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update