हिमाल दैनिक
अब कोरोना खोपको अभाव हुँदैन: प्रधानमन्त्री ओली
kp-oli
प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना विरुद्धको खोपको अभाव नहुने बताएका छन् । आइतबार काठमाडौंमा कोभिड १९ युनिफाइड केन्द्रिय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीलाई अब खोपको अभाव नहुने बताएका हुन् । केही समय खोपको अभाव देखिएको भन्दै प्रधानमन्त्री ओलीले अब सोही अवस्था दोहोरिन नदिने गरि काम भइरहेको जिकिर गरे । उनले २०२१ को अन्त्यसम्ममा सबैलाई खोप दिने लक्ष्य अनुसार सरकार अघि बढिरहेको जिकिर गरे । उनले कोरोना महामारी न्युनिकरणको अभियानमा लक्ष्य अनुसार सबैलाई खोप दिन ढिलो भएपनि नआत्तिन आग्रह गरे । प्रधानमन्त्री ओलीले सरकारको निरन्तर प्रयासका कारण नै नेपालमा कोरोना नियन्त्रण हुन सकेको दावी गरे । त्यस्तै उनले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताए । आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७–८ लाख मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य देशमा धेरै खर्च लाग्ने उनले बताए । वीर अस्पतालको नवनिर्मित भवन उद्घाटन भएसँगै ५०० बेड थपिने योजना रहेको अस्पतालका प्रशासकिय अधिकारी प्राडाजागेश्वर गौतमले जानकारी दिए । हाल अस्पतालमा २ वटा अक्सिजन प्लान्ट र १ लिक्विड ग्याँस ट्याङक जडान गरिसकेकाले वीरको पुरानो भवन र ट्रमा सेन्टरमा रहेका कोभिडका बिरामीलाई नयाँ भवनमा सारिएको उनको भनाई छ ।
प्रकाशित मिति: आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update