नेकपा एमालेको विवाद समाधान कार्यदलले पार्टी एकताको १० बुँदे सहमति गरेको छ ।
सिंहदरबारमा आइतबार करिव १४ घण्टा बसेको बैठकले पार्टी एकताका लागि सहमति जुटाएको हो । बैठकपछि एमाले नेता भीम रावलले १० बुदे सहमति भएको जानकारी गराएका थिए । उहाले ऐतिहासिक निर्णय गरेको बताए ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सहमति पत्र वाचन गरेक्ट हेइ। ज्ञवालीका अनुसार पार्टीभित्रको विवाद आन्तरिक बिधि पद्धती अनुसार हल गरिने छ । बैठकले २०७५ जेठ २ गतेको कमिटीमा फर्कने र नेकपा हुँदा एमालेका नेता जुन कमिटीमा थिए त्यसैमा कायम हुने लगायतका सहमति गरेको छ। पार्टीको अन्तर्विरोध पार्टीभित्रै हल गर्ने विषयमा पनि सहमति भएको प्रवक्ता ज्ञवालीले बताए। उनले सबै संगठनहरु अब २०७५ जेठ २ गतेअघिकै अवस्थामा फर्कने जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय