हिमाल दैनिक
देउवा नेतृत्व सरकारको निर्णय: नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित
mantri-parishad-nirnay
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सवै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय भएको हो । बैठकले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ । बैठकले कोरोना लगाएत बिभिन्न प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली दिएको मन्त्री कार्कीले बताए । उनले कोरोना फ्रन्टलाइनमा खटिएकाहरुलाई स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय भएको जानकारी दिए । यसअघि मंगलबार साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका थिए । शितल निवासमा राष्ट्रपति विद्यादेवि भण्डारीसँग पद तथा गोपनीताको शपथ लिएपछि देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । देउवालाई मुख्यसचिव शंकरदास वैरागी एर्व सचिवहरुले सिंहदरबारमा स्वागत गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update