हिमाल दैनिक
राष्ट्रपति विद्यादेवी भण्डारीको अनपेक्षित कदमका कारण पद तथा गोपनीयताको कार्यक्रम प्रभावित भएपति ढिला गरी सपथ लिएका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ ढिला गरी पदबहाली गरेका छन्। मंगलबार साँझ साढे दुईघण्टा ढिलागरी भएको सपथ ग्रहणपश्चात सानो आकारको मन्त्रीमण्डल गठन तथा गोपनीयताको सपथ दिलाएर ९ बजेपछि सिंहदरबार पुगेका देउवाले पाँचौपटक कार्यकारी प्रधानमन्त्रीको पदभार ग्रहण गरे। त्यसलगत्तै देउवाको नेतृत्वमा गठित पाँच सदस्यीय मन्त्रिमण्डलको पहिलो बैठक बसाए। उक्त बैठकले पछिल्लो समय देशभर कोरोना भाइरसका नयाँ नयाँ संस्करणबाट पीडित र आक्रान्त नागरिकलाई तत्काल निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको छ। संविधान र सर्वोच्च अदालतको आदेश विपरित पटक पटक प्रतिनिधि सभा विघटन गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीको अनुमोदनले उत्पन्न राजनीतिक र संवैधानिक संकटलाई सोमबार दोस्रोपटक सर्वोच्च अदालतले उल्टाइदिएको थियो। साथै भण्डारी र ओलीको कदममाथि अंकुश लगाउँदै ओलीलाई सिंहदरबार र बालुवाटारको कार्यकारी प्रमुखको कुर्सीबाट खसालेर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेश जारी गरेको थियो। उक्त परमादेशको बाध्यतामा परेर भण्डारीले नचाहदा नचाहँदै देउवालाई नियुक्ति दिएकी थिइन्।
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update