गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीकाबीच आगामी बर्षको बजेट पारित भएको छ ।
बुधबार सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशित बनेका थिए ।
पर्याप्त छलफल विना नै बलमिच्याईं ढंगले विधेयक पास गर्न लागेको भन्दै एमाले आक्रोशित बनेको हो । एमालेका सांसदहरुले रोष्टम घेराउ गरेर मुख्यमन्त्री पोखरेललाई रोक्ने प्रयास गरेका थिए । तर पोखरेलले अवरोधकै बीच बजेट पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए ।
मार्सल लगाएर बजेट पास गराउन खाजेको भन्दै एमाले सांसदहरुले नाराबाजी गर्दै सदन बहिष्कार गरेका थिए । उनीहरु बाहिरिएपनि सभामुखले सदन अघि बढाउदै बैठकमा निर्णयार्थ पेश भएको विनियोजन विधेयक पास गरिएको हो ।
प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागी स्थगित गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्