प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोनाका कारण उद्योगको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा नेपाल उद्योग बाणिज्य महासंघको टोलीसंग भेट गर्दै प्रधानमन्त्री देउवाले मुलुकको बिकासमा निजि व्यवसायीको भूमिका महत्वपूर्ण रहेको भन्दै कोरोनाका कारण देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् ।
महासंघले ल्याएको भिजन पेपरमा पनि प्रधानमन्त्री देउवाले चासो देखाएका थिए । निजि व्यवसायीहरुको समस्या समाधानका लागि आगामी दिनमा सहकार्य गदै अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए । गोल्छाले अहिलेको बिषम परिस्थीतिमा नेपालको आपूर्ति व्यवस्थालाई सहज पार्न निजि व्यवसायीको भूमिका अपरिहार्य रहेकाले खोपको व्यवस्था गरिदिन आग्रह गरिएको बताए ।
बधाई तथा शुभकामना दिनका लागि नै आफुहरुले नवनियुक्त प्रधानमन्त्री देउवासंग भेट गरेको गोल्छाले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्