हिमाल दैनिक
मुलुकलाई निर्दलियतातर्फ लैजाने षडयण्न्त्र भइराखेको छ: ओली
kp-oli
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई उपहास गरेर अदालतले निर्णय गरेको बताएका छन् । संसद भवन नया बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संविधानको मूल्य र मान्यता विपरित जनताको जनादेशलाई उपहास गरेर अदालतको आदेश भएको बताएका हुन् । उनले मुलुकलाई निर्दलियतातर्फ लैजाने षडयण्न्त्र भइरहेको जिकिर गरे । त्यस्तै उनले एमाले बिभाजन गर्ने षडयन्त्र भइरहेको भन्दै सचेत हुनुपर्ने बेला आएको बताए । ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको समेत उनले बताए । त्यस्तै उनले नेपालको सरकार परिवर्तनमा विदेशी हस्तक्षेप भएको आरोप पनि लगाए । आफु नेतृत्वको सरकारले जनता र देशका लागि निकै काम गरेको र अवको सरकारले त्यसकाले जस लिने तर्क गरे । बैठकले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनतामा अभियानका साथ जाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको उनको भनाई छ । बाढि र पहिरोका कारण मृत्यु हुनेलाई श्रद्धान्जली दिदै घाइतेको निशुल्क उपचारको माग गरिएको भट्टराईले बताए । उनले खोपको प्रवन्ध भइसकेको अवस्थामा सवै नागरिकमा खोपको पहुँच पुराउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए । उनले अर्को बैठकमा अन्तुष्ट नेताहरुलाई सहभागी गराउन प्रयत्न गर्ने निर्णय गरेको जानकारी दिए । बैठकमा माधव नेपाल पक्षका सांसदहरुको भने सहभागीता रहेको थिएन ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update