हिमाल दैनिक
जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद् गुट परिवर्तन गर्दै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा गएका छन् । पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको जसपा उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा ठाकुर पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् । त्यस्तै सांसद रुही नाजले पनि आफु यादव पक्षमा नै रहेको र उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी हुन नसकेको जानकारी गराएको जसपा सांसद मृगेन्द्र कुमार सिंह यादवले जानकारी दिए । संसदीय दलको अनौपचारिक बैठकमा संसदमा निर्वाह गर्ने भूमिका बारेमा छलफल भएको यादवले बताए। त्यस्तै उनले निर्वाचन आयोगले पार्टीका बिषयमा निर्णय गरेपछि संसदीय दलको नेता चयन लगाएतको प्रक्रिया सुरु गर्ने पनि बताए। जसपाका दुवै पक्षले निर्वाचन आयोगलाई आफूहरूलाई अलग गराइदिन आग्रह गरिसकेका छन् । पाँच सांसद यादव समूहमा लागेपछि अब यादव समूह झन् बलियो हुने देखिएको छ । ३२ सांसदमध्ये अव यादव पक्षमा १७ सांसद रहेका छन् भने ठाकुर पक्षमा १५ सांसद रहनेछन् ।  
प्रकाशित मिति: शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update