हिमाल दैनिक
प्रदेश २ को सरकारमा माओवादी केन्द्र सहभागी
pradesh-2 sarkar
नेकपा माओवादी केन्द्र पनि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा सहभागी भएको छ । शनिबार मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । उनिहरू दुवै जनालाई प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले सपथग्रहण गराएका हुन् । मन्त्री साहले कसैको राष्ट्रको नाममा शपथग्रहण गर्दा राज्यमन्त्री कर्ण सहिदको नाममा शपथ लिएका थिए । उनिहरूले मातृभाषामा शपथ गर्न इच्छा देखाए पनि कानुनी जटिलताका कारण नेपाली भाषामै शपथ लिएका थुए । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुई मन्त्रीलाई राजीनामा दिन लगाइएको थियो । मुख्यमन्त्री राउत समक्ष आन्तिरक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार अबेर राजीनामा बुझाएका थिए । जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराउनुभएको थियो ।
प्रकाशित मिति: शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update