सर्वाच्च अदालतले दोश्रो पटक प्रतिनिधि सभा पुर्नस्थापना गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिएपछि बस्न लागेको प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बिश्वासको मत लिने भएका छन् ।
आज अपराह्न ४ बजेका लागि डांकिएको बैठक बस्नु अगाडी कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बिश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा भर्खरै दर्ता गराएका छन्।
नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्प भुसालका अनुसार देउवाले बिश्वासको मत लिनका निम्ति प्रस्ताव निर्णयार्थ अघि बढाउन मन्त्री कार्कीले आजै मात्रै संसद सचिवालयमा प्रस्ताव गरि गरिसकेको जानकारी दिईन। सरकारले दर्ता गरेको प्रस्तावलाई सभामुख अग्नि प्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने क्रममा आजै प्रतिनिधि सभाको दोश्रो बैठक राख्ने तयारी गरिराखेका छन्।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय