दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आइतबार ४ बजेदेखि सुरु हुँदैछ । संसद बैठक अघि सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले संसदको कार्यसूची समेत तय गरेको छ ।
आजको पहिलो बैठक राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बढेर सुनाउने, अध्यादेश पेश हुने र शोक प्रस्ताव पारित भएर समापन हुने र केहिबेरमा नै दोश्रो बैठक सुरु हुने सभामुख अग्नि प्रसाद सापकोटाले बताएका छन् ।
संसदको दोश्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन्छु भन्ने प्रस्ताव पेश हुने सभामुख सापकोटाले जानकारी दिए ।
सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आज देखि सुरु भएको हो । करिब साढे तीन वर्ष सत्ता चलाएको एमाले सरकारबाट बहिर्गमनपछि प्रमुख प्रतिपक्षको हैसियतमा रहनेछ । सत्तामा कांग्रेस र माओवादी केन्द्र छन् ।
चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि प्रधानमन्त्री देउवाले संसद्को पहिलो बैठकमै विश्वासको मत लिन लालागेका हुन् । विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ जसमा माधव नेपाल पक्ष–२३ , जसपा ३२ जसमा उपेन्द्र यादव पक्ष–१९ तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ ।
https://youtu.be/ENkTLaNB-Ig
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्