हिमाल दैनिक
१५० भन्दा बढीले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने नेकपा माओवादी केन्द्रको दाबी
६१
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद मातृका यादवले जानकारी दिए । उनले प्रतिनिधिसभा बिघटनबिरुद्ध हस्ताक्षर गर्ने सांसद भन्दा पनि धेरै मत देउवाले पाउने दावी गरे । उनले १५० जनाभन्दा बढी सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पनि बताए । प्रतिनिधि सभा निरन्तर चलोस् भन्ने पक्षमा माओवादी केन्द्र रहेको उनले बताए । सत्ता समिकरणका बारेमा भने बैठकमा छलफल नभएको उनले जानकारी दिए । https://youtu.be/cfVLTaCVlT8
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update