हिमाल दैनिक
सांसद रेणुका गुरुङले पनि छोडिन् महन्त ठाकुरको साथ
renuka-gurung
जनता समाजवादी पार्टीका सांसद रेणुका गुरुङ पनि यादव पक्षतिर लागेकी छिन् । पछिल्लो समय फुटको संघारमा रहेको जसपामा शनिबार मात्र केहि सांसदहरु महन्त ठाकुर समुह छोडेर यादव पक्ष तिर लागेका थिए । आज भने सांसद गुरुङले ठाकुर समूहलाई छोडेर यादव समुहमा लागेकी हुन्। यस अघिको ठाकुर पक्षबाट उनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी थिइन्। हिजो प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल का सांसदहरु पनि यादव पक्ष तिर लागेका थिए । प्रतिनिधि सभामा जसपामा कुल ३२ सिट रहेको छ जसमध्ये अब यादवपक्ष संग १८ सांसद र ठाकुर पक्षसंग १४ सांसदको साथ रहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update