प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट स्पष्ट बहुमत प्राप्त गरे लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुकामना दिएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको दोश्रो बैठकमा देउबाले बिश्वासको मत लिने क्रममा खसेको २४९ मतको दुई तिहाई मत अर्थात् १६५ मत पाए लगत्तै भारतीय प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर मार्फत बधाई तथा शुभकामना दिएका हुन् ।
मोदीले आफ्नो सन्देशमा आगामी दिनमा देउवासंग सहकार्य गर्दै दुई देशबीचको विशिष्ट सम्बन्धलाई सबै क्षेत्रमा अझ मजबुत बनाउदै जनता बीच रहेको सम्बन्धलाई पनि अझै प्रगाढ बनाउने बिश्वास ब्यक्त गरेका छन् । सर्वाच्च अदालत दोश्रो पटक प्रतिनिधि सभा पुर्न:स्थापना गर्दै करिब एक हप्ता अघि प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई उत्तर र दक्षिणमा कुनै पनि छिमेकी मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखले बिश्वासको मत अघि बधाई तथा शुभकामना नदिएपछि बिभिन्न क्षेत्रबाट आसंका र टिप्पणी आइरहेको थियो।
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय