हिमाल दैनिक
फ्लोर क्रस गर्नेलाई सांसदहरुलाई पार्टीले एक्सन लिदैन: सांसद भट्टराई
bishal-bhattrai
फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने नेकपा एमालेका सांसदहरुले पार्टीले कारबाही नगर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सांसद बिशाल भट्टराईले फ्लोर क्रस गर्नेलाई पार्टीले कुनै कारवाही नगर्ने बताएका हुन् केपी ओलीको पक्षमा खुलेका केही सांसदले देउवाको पक्षमा मतदान गरेका थिए । आइतवार देउवाले १६५ सांसदको समर्थनसहित विश्वासको मत जितेका छन् । आजको मतदानमा १५० को हाराहरिमा प्रधानमन्त्री देउवाले बिश्वासको मत प्राप्त गर्ने दाबी गरिएता पनि पछिल्लो राजीनितिक घटना क्रमले भने बेग्लै परिवेश देखायो । आजको नेकपा एमालेका २२ सांसदहरुले देउवाको पक्षमा मतदान गरे । पक्षमा मतदान गर्ने एमालेका असन्तुष्ट पक्षमात्र थिएनन । पार्टीको संस्थापन पक्षमा रहेका सांसदहरु पनि देउवाको पक्षमा मतदान गरे । देउवाको पक्षमा मतदान गर्नेमा ओली पक्षका सांसद प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढा रहेका छन्। त्यस्तै नेपाल समुहबाट मतदान गर्ने माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले रहेका छन् । त्यस्तै, मतदानमा जसपाका महन्त ठाकुर पक्षले पनि देउवालाई बिश्वासको मत दिए ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update