हिमाल दैनिक
वीपी कोइरला ‘भर्सटाइल नेता’: प्रधानमन्त्री देउवा
pradhanmantri-sher-bahadur-deuba
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरलाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा गरेको योगदान अतुलनिय रहेको बताएका छन् । बुधबार वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस सूचना , सञ्चार तथा प्रचार विभागले भर्चुअल रुपमा आयोजना गरेको वीपी पुण्य तिथि बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले वीपी कोइरला ‘भर्सटाइल नेता’ भएको भन्दै उनिबाट धेरै पाठ सिकेर अघि बढ्नुपर्ने धारणा राखे । उनले वीपीले आफ्नो ज्यानको परवाह नगरी प्रजातन्त्रका लागि संघर्ष गरेको भन्दै वीपीलाई स्मरण गर्दा मात्रै पनि कांग्रेसमा उत्साह बढ्ने जिकिर गरे । वीपीले बोलेका भाषण मात्रै सुन्दा पनि धेरै ज्ञान मिल्ने उनले बताए । कार्यक्रममा सहभागी अन्य नेताहरुले वीपी कोइरालाले गरेको समाजवादको व्याख्या समकालीन विश्वमै अनुकरणीय रहेको धारणा राखेका थिए । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस कांग्रेसले कोरोनाका कारण भर्चुअल रुपमा मनाएको हो ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update