हिमाल दैनिक
नेपाली कांग्रेस सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र कसैलाई पनि अन्याय हुन नदिने बचनबद्धता प्रकट गरेका छन्। पार्टीको १४ औं महाधिवेशनको अन्योलताको बिषयमा छलफलका लागि सभापति देउवाको निवास बुढानिलकण्ठमा आज बिहान बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यताको बिषय र महाधिवेशनको अन्योलताको बिषयमा असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेललगायतका नेताहरुले उठाएको गुनासो प्रति लक्षित गर्दै सभापति देउवाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । बैठकमा देउवाले हरेक नेता कार्यकर्ताको अधिकार सुनिश्चित गर्न र विधान र विधिसम्मत प्रक्रियाले पार्टी अगाडी बढाउन सधै तत्पर रहेको बताउदै भने,'यदी कसैले मलाई भोट दिन्न भन्छ भने पनि त्यो पार्टी कार्यकर्ताको लोकतन्त्रमा रोज्न पाउने अधिकार हो। यसको अधिकार सुरक्षित गर्ने सभापतिको दायित्व हो । त्यो दायित्वबाट म कुनै हालतमा तल माथि गर्दिन।' देउवाको भनाइ उद्दृत गर्दै सहमहामन्त्री प्रकाश शरण महतले भने । आजको बैठकमा पार्टीले पटक पटक सर्दै आएको महाधिवेशनको मिति नजिकै जाँदा क्रियाशील सदस्यको विवाद संगै निर्वाचन समितिका लागि आवश्यक पर्ने समय विद्धमान संबिधान र कानुनी प्रावधान लगायतका बिषय बारेमा छलफल भएको थियो । अब बैठक पुर्न भोलि बस्ने गरि आजको बैठक स्थगित भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update