विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ ।
उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ ।
उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नुहुनेछ । सन् २०२० मा आयोजना हुने मिति तय भएको ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । दर्शकको उपस्थितिबिना प्रतियोगिता सञ्चालन हुन गइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय