हिमाल दैनिक
हिजो महामहिम श्री ५ महाराजधिराजले आममाफी दिएँ, वाहा ! हामी खुसी हुनुपर्ने भो: नेपाल
madhav-kumar-nepal
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताबाट बाहिरिएपछि पनि केपी ओलीको शैलीमा सुधार नआएको टिप्पणी गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा नेता नेपालले प्रधानमन्त्री पदबाट हटेपछि पनि ओलीको शैलीमा सुधार नआएको र यसले पार्टीभित्रै समस्या परेको टिप्पणी गरेका हुन् । उनले आफुहरुलाई आममाफी दिन्छु भन्ने ओलीको भनाई कुनै महाराजधिराज भन्दा कम नभएको भन्दै कटाक्ष गरे । उनले भने, 'हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो । माधव नेपाललगायत बाँकी सदस्यहरूमाथि गरिएको स्पष्टीकरणलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । महाराजधिराजको वाहा ! वाहा ! हामी खुसी हुनुपर्ने भो । यही हो प्रवृत्ति ? यसरी कम्युनिस्ट पद्धति भनिन्छ ? स्पष्टीकरण सोध्नु गल्ती भयो । मैले त्यो हतार गरेँ । मैले फिर्ता गरेँ भनेको भए उहाँको हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?' उनले पार्टीभित्र ओलीले कम्युनिष्ट प्रवृति देखाउन नसकेको बताए । नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा ओलीले त्यसो नगरेको बताउनुभयो । उहाले पार्टीमा चुनौति आयो भन्दैमा आत्तिनु पर्ने अवस्था नभएको बताए । नेपालले आफूविरुद्ध ओली पक्षका युवासंघ परिचालित भएको भन्दै आफु नेपाल तर्सिने मान्छे नभएको जिकिर गरे । साउन ३ गते गम्भीर षड्यन्त्र भएको भन्दै सबै कुराको गहिरो चिरफार हुनुपर्ने समेत उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update