हिमाल दैनिक
ओलीमा दुनियाँमा म भन्दा ठूलो कोही छैन भन्ने दम्भ, इगो छ: वैद्य
mohan-baidhya
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहान वैद्यले अरु भन्दा ओली अझ बढि निरंकुश र तानाशाही रहेको टिप्पणी गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष वैद्यले सडक र सरकारमा भएका कम्युनिष्टले तालमेल गरेर क्रान्ति गर्नुपर्ने बताएका हुन् । उनले भने,'संसद्मा जाने साथीहरू सबै एक हुँदै, सकिन्छ, सबैलाई क्रान्तिकारी बनाऔँ, त्यो सकिन्न भने सरकार, सदन र सडकमा भएका कम्युनिस्टहरूबीच तालमेल गरौँ ।' 'सरकारमा र संसद्मा भएका कम्युनिस्टहरू एकठाउँमा बस्नुपर्छ, र सडकमा भएका कम्युनिस्टहरू पनि एक ठाउँमा उभिनुपर्छ, संसद् र सरकारमा भएका कम्युनिस्टहरूले सडकमा भएका कम्युनिस्टहरूलाई दमन गरेर जानुभएन, प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि जनताको लागि काम गरौ।' उनले भने उनले शासन व्यवस्थामा परिवर्तन भएपनि राज्यव्यवस्था यथावत् रहेको बताए । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले संसदीय व्यवस्थालाई भ्रष्टाचारी व्यवस्थाको संज्ञा दिए । उनले वर्तमान राजनीतिक प्रणाली नेपाली जनताको हितमा नरहेको बताए । बास्तोलाले राजनीति लाभ लिनका लागि मात्र भइरहेको र पैसा खर्च गरेमात्र प्रधानमन्त्री बन्न सकिने भन्दै आफ्नो पार्टीबाट बिप्लव पनि प्रधानमन्त्रीको दाबेदार भएको समेत बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले नेपाली जनताले कोभिड १९ विरुद्ध खोप मागिरहँदा नेताले भने भोट मागिरहेको बताए । केसीले कम्युनिष्ट बन्नु अहिले फेसन भएको भन्दै कम्युनिस्ट पार्टी र गैर कम्युनिस्टलाई कसरी छुट्याउने भन्दै प्रश्न गरे।  
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update