प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीपरिषद् बिस्तार गरेका छन् ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नियुक्त गरेका हुन् ।
राज्यमन्त्री श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन् ।
सपथपछि आइतबार नै राज्यमन्त्री श्रेष्ठले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । पदभारपछि मन्त्री श्रेष्ठले कोरोनाबाट जनताको ज्यान जोगाउन हरसम्भव प्रयास गर्ने बताए । अब स्वास्थ्य सामाग्रीको अभावका कारण कोहि संक्रमितले पनि ज्यान गुमाउनु नपर्ने उनले बताए ।
उनले कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीले दिनुभएको निर्देशनलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने धारणा राखे ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्