हिमाल दैनिक
नेकपा एमालेको विवाद संसदीय समितिमा भएपछि...
madhav-kumar-nepal
संसद पुनःस्थापना र सरकार गठनका बिषयमा संसदीय समितिमा सांसदहरुबीच चर्चाचर्की परेको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले अध्यक्ष केपी ओली पक्षका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि सांसदहरुबीच चर्चाचर्की परेको हो । सांसद नारदमुनि रानाको अभिव्यक्तिपछि काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए । एमाले वरिष्ठ नेता माधव नेपालले प्रतिगमनको पक्ष लिने व्यक्ति समितिमा बस्न लायक नभएको भन्दै आक्रोश व्यक्त गरे । त्यस्तै अन्य सांसदहरुले प्रतिनिधिसभा जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए । सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलाको ध्यानाकर्षण गराएका थिए । बैठकमा सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरेकी थिइन् । त्यसअघि बैठकमा एमालेका वरिष्ठ नेता नेपालले संसद फेरि पुनःस्थापना गर्न सफल भएकोमा त्यसका लागि सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरे । उनले संसदलाई प्रभावकारी बनाएर लैजानुपर्ने धारणा राखे । उनले सरकारले पूर्णता पाइनसकेको बताउँदैसरकार पूर्ण भइसकेपछि समितिले गरेका निर्णयहरूलाई कार्यान्वयन गराउनुपर्ने बताए । समिति सभापति निरौलाले समितिको निर्णय कार्यान्वयन गर्नका लागि समिति क्रियाशिल रहेको बताउईन। उनले समितिको काम कारवाहीलाइ प्रभावकारी बनाउनुपर्नेमा जोड दिईन।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update