ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ट्रकलाईन महशुस छिटो भन्दा छिटो उठाउन नेपाल बिद्युत प्राधिकरणलाई निर्देशन दिएकी छिन् ।
आइतबार काठमाडौंको रत्नपार्कस्थीत प्राधिकरणमा पुगेर भुसालले ट्रकलाईन महशुस उठाउने जिम्मा प्राधिकरणको नै भएको भन्दै यस बिषयलाई मन्त्रालयसम्म नल्याउन निर्देशन दिईन । लामो समयदेखि ट्रकलाईन महशुस उठाउन नसक्नु प्राधिकरणको कमजोरी भएको उनले बताईन ।
उनले औधोगिक करिडोरका समस्यालाई प्राधिकरणले सम्बोधन गर्न नसकेको जिकिर गर्नुभयो । मन्त्री भुसालले प्राधिकरणको नाफा खुम्चिनु र चुहावट बढेकाले जिम्मेवार भएर काम गर्न निर्देशन दिईन । उनले प्राधिकरणको चुहावट बढेको जानकारी आफुले पाएको भन्दै तथ्यपूर्ण डाटा पेश गर्न पनि निर्देशन दिईन ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोरोनाका कारण बिधृतगृह निर्माणमा ढिलाई भएको बताउए । शाक्यले सुख्खा मौसममा प्राधिकरणका आयोजनाहरुबाट उत्पादन घटेको कारण अहिले नाफा खुम्चिएको बताए । उनले प्राविधिक चुहावट केहि बढेको पनि बताए ।
कार्यकारी निर्देशक शाक्यले २०७७ असारसम्म १५.२७ प्रतिशतमा झरेको विद्युत् चुहावट बढेर १६.३ प्रतिशत पुगेको बताए । कार्यक्रममा प्राधिकरण, तामाकोशी जलविधुत कम्पनी लिमिटेड र कर्मचारी सञ्चयकोषबीच तामाकोशी पाँचौ जलबिधुत आयोजना निर्माणका लाग ऋण लगानी गर्ने सम्बन्धमा समझदारी भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय