हिमाल दैनिक
जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र देखिएको विवाद समाधानका लागि आज निर्वाचन आयोगले हेड काउन्ट गर्ने भएको छ । पछिल्लो समय जसपाको आधिकारितालाई लिएर दुई पक्ष बीचको विवादको छिनोफानो आज आयोगले गर्न लागेको हो । जसपाको आधिकारिकताको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई परिचयपत्रको सक्कलप्रतिसहित उपस्थित हुन आदेश गरेको थियो । जसपामा केन्द्रीय कार्यकारिणी समितिमा कुल ५१ सदस्य रहेका छन् । जसमा यादव पक्षसंग बहुमत सदस्यको साथ रहेको बताउदै आएको छ । हिजो यादव पक्षले आफ्ना सदस्य तथा सांसदहरुलाई गोदावरी भिलेज रिसोर्टमा राखेका छन्। त्यहाँ संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईले ३१ जना कार्यकारिणी सदस्य र २१ सांसदलाई राती अवेरसम्म प्रशिक्षण दिएका छन् । सबै जना अहिले सोहि रिसोर्टमा रहेको र आज बिहान पुर्न बैठक बसी त्यहीबाट सोझै आयोग जाने बताइएको छ । त्यस्तै यता ठाकुर पक्षले पनि बैठक रहेको थियो । यादव पक्षको स्पष्ट बहुमत देखिएपछि अध्यक्ष ठाकुरले पार्टी विभाजन र आधिकारिकताको निर्णय तत्काल रोक्न सर्वाच्च अदालतमा रिट निवेदन दायर यही साउन ८ गते दायर गरेका थिए । तर, न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आयोगको खुला इजलासमा बहस भएर आदेश भएकाले थप आदेश जारी गर्न अस्वीकार गरेको थियो । अदालतले दुवै पक्षलाई यही साउन १५ गते छलफलका लागि बोलाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update