हिमाल दैनिक
महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्नछ: अध्यक्ष यादव
jaspa-upendra-yadav
आयोगमा सनाखतपछि जसपा अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष महन्थ ठाकुरले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिइने बताएका छन् । निर्वाचन आयोगले सोमबार हेड काउन्टका लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो । जसमा बहुमति सदस्यले यादवको साथ दिएका हुन् । यस्तै निलम्बित सांसद् समेत रहेका कार्यकारिणी सदस्य रेशम चौधरीले तटस्थ बसेका थिए । यादवले आधिकारीक पार्टी नै आफुहरु रहेको बताए । प्रतिगमनलाई साथ दिएर पार्टीका केहि नेताहरुले पार्टीलाई नै धोका दिएको उनको भनाई छ । त्यस्तै अध्यक्ष यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । उनले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको भन्दै पार्टी सरकारमा सहभागी हुने बताएका हुन् । पार्टीका बाँकी सदस्यले आत्माआलोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो । त्यस्तै जसपा नेता राजकिशोर यादवले पार्टीलाई एकतावद्ध बनाउने आफुहरुको प्रयास रहेको बताए । यादव पक्षलाई साथ दिएका यादवले पार्टीलाई जोगाउनुपर्ने जिकिर गरे । सनाखतका लागि जसपाका सवै कार्यकारिणी सदस्यहरु आयोग पुगेका थिए । जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो । निर्वाचन आयोगका अनुसार जसपाको कार्यकारिणी सदस्यको सनाखत सकिएको छ । जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको थियो ।  
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update