हिमाल दैनिक
पार्टी आधिकारिकता निर्वाचन आयोगले होइन जनताले दिने हो: महतो
rajendra-mahato
जसपा नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउने काम गरेको आरोप लगाएका छन् । महतोले प्राविधिक विभाजनबाट आफुलाई कुनै असर नगर्ने बताएका हुन् । आफूहरुका लागि केपी ओली र शेरबहादुर देउवा दुवै बराबर रहेको उनको भनाई छ । उनले भने,'देउवा र ओली हाम्रा लागि प्रतिगमनकारी हुन्। प्रतिगमनकारी संविधान बनाएका हुन्।' समाजवादी पार्टी फुट्ने बेलामा पार्टी एकता गरेर उपेन्द्र यादवलाई मद्दत गरेको महत्तोले बताए । आयोगको निर्णयपछि आफूहरुले आगामी कदम चाल्ने महतोले बताए । जसपाको आधिकारिता विवादमा उपेन्द्र यादवसँग ३४ र महन्थ ठाकुरको पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका छन् । निर्वाचन आयोगले सोमबार हेड काउन्टका लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो । जसमा बहुमति सदस्यले यादवको साथ दिएका हुन् । यस्तै निलम्बित सांसद् समेत रहेका कार्यकारिणी सदस्य रेशम चौधरीले तटस्थ बसेका थिए । निलम्बित सांसद चौधरीलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको थियो । जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो । सनाखतका लागि जसपाका सवै कार्यकारिणी सदस्यहरु आयोग पुगेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update