हिमाल दैनिक
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता जसरी पनि उठाएर छाड्ने स्पष्ट पारेकी छिन् । सोमबार ऊर्जा मन्त्रालयमा सञ्चारकर्मीहरुसंग छलफल गर्दै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता १५ अर्बमाथि रहेको र जसरी पनि बक्यौता उठाउने बताएकी हुन् । उनले उत्पादनको चरणमा जान रोकिएका आयोजनालाई अघि बढाउन आफ्नो ध्यान केन्द्रीत गर्ने पनि बताईन । बूढीगण्डकीलगायत आयोजनाको काम अघि बढाउने र सिँचाइको क्षेत्रमा समन्वय गरी अघि बढ्नेतर्फ रहेको मन्त्री भुसालले बताईन । त्यस्तै धेरै बिद्युत उपयोग गर्ने उपभोक्तलाई सहुलियत दिने तर्फ अघि बढ्नुपर्ने धारणा राखिन् । आयोजनाको निर्माण र प्रसारणलाइन विस्तार द्रुतगतिमा अघि बढाइने उनले बताईन । उनले यसअघिका मन्त्रीहरुले गरेका काम र आवश्यक नीतिलाई निरन्रता दिने जानकारी दिईन ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update