हिमाल दैनिक
ओली सरकारले हटाएको प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्ति गर्न माओवादीको सुझाव
maovadi-kendra
नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्तिको गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले आफ्ना भागमा परेका दुईवटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र अर्काे प्रदेशमा तिलक परियारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुईवटा परेको छ । शेरचन र परियार दुवै जनालाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो । बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले ओली सरकारले फेरबदल गरेका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको जानकारी दिए । माओवादीले दिएको सुझाव अनुसार मन्त्रिपरिषद्ले प्रदेश प्रमुख हेरफेर गर्ने पौडेलले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update