हिमाल दैनिक
गण्डकी प्रदेश पृथ्वीमान गुरुङ र लुम्विनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखमा नियुक्ति गर्न शिफारिस
gyanendra-karki
सरकारले गण्डकी र लुम्विनी प्रदेशका प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुखमा चितवनका पृथ्वीमान गुरुङ र लुम्विनी प्रदेशमा अमिक शेरचनलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्न पनि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । त्यस्तै बैठकले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ भने राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्वनाथ पौडेल, सदस्यहमार राम कुमार फुयाल र दिल बहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले वेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update