हिमाल दैनिक
गण्डकी प्रदेश पृथ्वीमान गुरुङ र लुम्विनी प्रदेशमा अमिक शेरचन प्रदेश प्रमुखमा नियुक्त
amik-sherchan-prithivi-man-gurung
राष्ट्रपति विद्यादेवी देवी भण्डारीले गण्डकी प्रदेश प्रमुख र लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । मंगलबार मन्त्रिपरिषदको शिफारिशमा राष्ट्रपतिले गण्डकी प्रदेश पृथ्वीमान गुरुङ र लुम्विनी प्रदेशमा अमिक शेरचनलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखमा नियुक्ति गरेकी हुन् । यस अघि आजै मन्त्रिपरिषदको शिफारिसमा संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ख बमोजिम गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update