हिमाल दैनिक
एउटाले फोर्स बनायो हामी पनि के कम, तर्सेर भाग्ने कुरा आउदैन: नेता नेपाल
nekapa-madhav-kumar-nepal-1
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर भाग्ने कुरा नहुने बताएका छन् । शनिबार काठमाडौंमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताएका हुन् । उनले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने उल्लेख गरे । नेता नेपालले आफूलाई विचारहीन र सिद्धान्तहिन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको जिकिर गरे । नेपालले संविधानलाई कुल्चिने काम गर्नेविरुद्ध आफूहरु चुप लागेर नबस्ने बताए । सर्वोच्च अदालतले गलत काम सच्चाइएको स्मरण गर्दै उनले कसैले जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु भनेर नलागे हुने टिप्पणी गरे । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उहाँले अहंकारले मान्छेलाई पतनको बाटो डोहो-याउने बताए । उनले अब नेपालमा राजतन्त्र फर्काउने दिवास्वप्त नदेख्न चेतावनी दिए। कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष ओलीले पद त्याग नगरेसम्म एमाले एकता हुन नसक्ने बताईन । भेला अघि अखिल फोर्सले काठमाडौंमा बृहत मोटरसाइकल र्याल निकालेको थियो ।
प्रकाशित मिति: शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update