हिमाल दैनिक
शनिबार बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित
kp-oli-emale-adhyax
नेकपा एमालेको स्थायी कमिटीमा पार्टी एकताका बारेमा भएका छलफलबारे जानकारी गराइएको छ । तुलसीलाल स्मृति भवन च्यासलमा शनिबार बसेको एमाले स्थायी कमिटी बैठकमा बिघटीत कार्यदलका संयोजक सुवास नेम्वाङले एकताका लागि भइरहेको प्रयासका बारेमा जानकारी गराएका थिए । बैठक आइतबार तीन बजे बस्नेगरि सकिएको छ । बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुने जनाइएको थियो । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी बिसन्चो नभई तन्दरुष्ठ रहेको बताए । त्यस्तै एमाले नेता एवं कार्यदलका सदस्य सुवास नेम्वाङले पार्टीलाई एकतावद्ध रुपमा राख्न भएका प्रयासका बारेमा बैठकलाई जानकारी गराइएको बताए । उनले पार्टीलाई एकतावद्ध बनाउनका लागि शनिबार पनि छलफल भएको र छिटो भन्दा छिटो ठोस निष्कर्षमा पुराउनुपर्नेमा जोड रहेको जानकारी दिए । त्यस्तै एमाले उपाध्यक्ष बामदेव गौतमले एकताका लागि प्रयासहरु भइरहेकाले शनिबारको बैठक स्थगीत गरिएको जानकारी दिए । यसअघिको कार्यदल पुन सक्रिय भएको र केहि निष्कर्ष आउने बिश्वास उनको छ । नेताहरुका अनुसार माधव नेपाल पक्षकै आग्रहका कारण बैठक अन्य एजेण्डामा प्रवेश नै नगरि आइतबारका लागि स्थगीत गरिएको हो ।
प्रकाशित मिति: शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update