हिमाल दैनिक
सरकारले वैकल्पिक बाटो दिए म प्राधिकरण छाड्न तयार छु: कार्यकारी निर्देशक शाक्य
hitendra-shakya
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार भएको बताएका छन् । बुधबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै शाक्यले आफुलाई वैकल्पिक बाटो दिएर उचित ठाँउमा पठाए जिम्मेवारी स्वीकार गर्ने बताए । उनले आफुलाई राजीनामा दिन कसैले नभनेको पनि तर अरु कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर उर्जामन्त्रीले सोधेको जानकारी दिए । आफुले राम्रो काम गरिरहेकाले जिम्मेवारीबिहीन गर्न नमिल्ने उनको तर्क छ । त्यस्तै शाक्यले आफुले प्राधिकरणलाई अघि बढाउन धेरै काम गरेको दावी गरे । कोरोनाको जोखिमका बाबजुत पनि प्राधिकरणले सुधारात्मक काम गरेको उनको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शाक्यले राजीनामा दिन निर्देशन दिँदै उनको ठाउँमा यसअघिका कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका दिएका थिए ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update