हिमाल दैनिक
नेकपा एमाले लुम्विनी प्रदेशले प्रदेश सभा सदस्य विमला खत्री वलीले लगाएको आरोप निराधार रहेको स्पष्ट पारेको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पु-याएको दाबी गरे । मुख्यमन्त्रीसंग छलफल गर्न सहज होस भनेर वलीले नै भनेकाले निवासमा राखिएको उनको भनाई छ । उनले एमालेमै फर्किएको विज्ञप्ति पनि वलीकै इच्छाअनुसार सार्वजनिक भएको जिकिर गरे । यसअघि प्रदेशसभा सदस्य विमला वलीले पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल लगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पु¥याएर राखेको र आफु भागेर निस्कन सफल भएको बताएकी थिइन् । प्रमुख सचेतक ढकालले वलीकै सहमतिमा एमालेसंगको छलफलका लागि वातावरण तयार गरेको र अहिले लगाइएको सवै आरोप निराधार भएको पनि बताए। यसैबीच लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकोमा प्रमुख सचेतक ढकालले आपत्ती जनाए । ढकालले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने तर्क गरे ।
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update