हिमाल दैनिक
नेपाली कांग्रेसले निर्वाचन समितिले पेस गरेको निर्वाचन निर्देशिका छलफल भएपछिमात्रै महाधिवशेनको नयाँ कार्यतालिका ल्याउने भएको छ। पार्टी सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा शीर्ष तहमा सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश हुन नसकेको हो। महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरूको सुझाव र निर्णयबाट कार्यतालिका बनाउने कांग्रेसले जनाएको छ। बैठकमा निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री पुर्णबहादुर खड्काले पेश गर्नुभएको छ। त्यस्तै समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेश गर्नुभएको छ भने क्रियाशिल छानबिन समितिको प्रतिवेदन छानबिन समितिका संयोजक रमेश लेखकले पेश गर्नुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। शर्माले केन्द्रीय सदस्यहरुको सुझावपछि महाधिवेशनको कार्यतालिका आउँने बताउनुभयो। यसअघि तय भएको भदौ १६–१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिका बनाउन छलफलमा जुटेको हो।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update