हिमाल दैनिक
कांग्रेस महाधिवेशन कार्यतालिका परिमार्जनमा केन्द्रीत
nepali-congress
नेपाली कांग्रेसले पूर्वघोषित महाधिवेशन कार्यतालिका परिमार्जन गर्न गृहकार्य थालेको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको दोश्रो दिन शुक्रबार महाधिवेशन कार्यतालिका परिमार्जनमा केन्द्रीत रहेको छ। आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको निर्वाचन निर्देशिकामाथि छलफल भएको बताइएको छ । महाधिवेशनका लागि ७ वटा तहको नेतृत्व चयनका लागि निर्वाचन निर्देशिका केहि परिमार्जन गर्न छलफल भइरहेको कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेको केहि दिन लम्विने प्रवक्ता शर्माले जानकारी दिए। कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् । बैठकमा सरकारलाई प्रभावकारी रुपमा अघि बढाउने बिषयमा पनि सदस्यहरुले सुझाव दिएको बताइएको छ। बिहीबार सुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गैरका थिए । समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेश गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update