हिमाल दैनिक
आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाई स-यो
aftab-alam
सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए पनि न्यायाधीश रेग्मीले उक्त मुद्दाका सुनुवाई गर्न नमिल्ने भएपछि सुनुवाइ सरेको हो । सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश रेग्मीले त्यसैसँग सम्बन्धित रिट निवेदनमा अवहेलना मुद्दामा आदेश गरेका छन् । त्यसले गर्दा उक्त मुद्दाको सुनुवाइमा हेर्न मिलेन । रौतहत जिल्ला अदालतको थुनामा रहेका आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । उक्त निवेदनमा आलमलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ । जिल्ला, उच्च अदालत हुँदै उक्त मुद्दा सर्वोच्च आएको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update