कम पैसामा स्वस्थकर खाना खुवाउने घोषणा गर्दै पर्साको वीरगञ्जमा शनिबारदेखि ‘भरपेट भोजनालय’ स्थापना भएको छ।
बढ्दो गरिवी र अनियन्त्रित महंगीमा मारमा पर्दै गएका जनतालाई न्यून मूलयमा सफा, स्वच्च र स्वादिष्ट खाना खुवाउने उद्देश्यले स्थापित भरपेट भोजनालयको शनिबार वीरगञ्जका उद्यमी तथा नेपाली कांग्रेसका पूर्व संविधान सभा सदस्य अनिलकुमार रुंगटाले शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरे।
उनले पवित्र उद्देश्य राखेर सुरू भएको ‘भरपेट भोजनालय’ साँच्चै नै प्रसंशायोग्य रहेकोले उक्त भोजनालय स्वस्थ, सफा र स्वादिष्ट खानाको गन्तव्य बनिरहने विश्वास व्यक्त गरे।
भोजनालयले जम्मा रु ५० मा गुणस्तरीय खाना खुवाउने आँट चानेचुने नभएको र यसको निरन्तरतामा आउनसक्ने चुनौतीको सफलताले उदाहरणीय कदमको नयाँ रेकर्ड कायम गर्न सकोस भन्ने कायमना पनि उनले गरे।
मानवीय सेवाभावले सुरू गरिएका हरेक काममा आफ्नो सदैव साथ रहने प्रतिबद्धता व्यक्त गर्दै उनले भोजनालयका संस्थापक तथा सीइओ कञ्चन झालाई बधाई तथा सफलताको शुभकामना दिएका थिए।
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय