हिमाल दैनिक
भारतीय दूतावासमा मनाइयो भारतको ७५औँ स्वतन्त्रता दिवस
bharatiye-rajdut
भारतको ७५औँ स्वतन्त्रता दिवस काठमाडौंस्थित भारतीय दूतावासमा मनाएको छ । भारतले ‘आजादी का अमृत महोत्सव’ को रूपमा ७५औँ स्वतन्त्रता दिवस मनाएको हो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा फहराइ उत्सवको शुरुवात गरेका थिए । दिवसका अवसरमा भारत सरकारले सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त भएका नेपालका सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनस्थापनका लागि ५० मिलियन अमेरिकी डलरको सहायता प्रदान गरेको छ । राजदूत क्वात्राले नेपालको २२ वटा सास्कृतिक सम्पदालाई मौलिक तवर पुननिर्माण गर्न भारतले सहयोग गर्ने धारणा राखे । उनले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै यसलाई मजबुद बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए । समारोहमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरुद्वारा देशभक्तिपुर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update