नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १४औं महाधिवेशन नयाँ सार्वजिनक कार्यतालिकाअनुसार नै समयमा हुने दावी गरेका छन् ।
लेखकले कोभिडको कारण यसअघि सार्वजनिक गरिएका कार्यतालिका प्रभावित बनेको भन्दै अव नयाँ कार्यतालिका अनुसार समयमा नै महाधिवेशन हुने बताएका छन् । उनले क्रियाशिल सदस्यताको विवाद अब बाँकी नरहेको पनि जिकिर गरे।
नेता लेखकले अब क्रियाशिल सदस्यताको विवादको कारण पार्टीको महाधिवेशन कुनैपनि हालतमा नरोकिने स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारलाई सही तवरले सञ्चालन गराउनको लागि गठबन्धनको तर्फबाट साझा न्यूनतम कार्यक्रम पनि ल्याईसकिएको र गठबन्धन लामो समयसम्म जाने पनि बताए । नेता लेखकले नेपाल र भारतबीच लामो सम्बन्ध रहेकोले यसलाई अझै मजबुद बनाउनुपर्नेमा जोड दिएका छन् ।
https://youtu.be/8j5ovNv0iYk
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय