नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले आचारसंहिता र कानुनले नरोकेकाले आफूले शेयर खरिद गरेको दावी गरेका छन् ।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा साउदले प्राथमिक बजारमा कानुनले सेयर खरिद गर्न नरोकेकाले सेयर खरिद गरेको बताएका हुन् । सेयर खरिदमा नैतिक प्रश्न उठेपछि भने सेयर खरिद नगरेकै भए पनि हुने रहेछ भन्ने लागेकाले अबदेखि यस्ता विषयमा आफु टाढै रहने उनले बताए ।
नेप्सेले आचारसंहिता र कर्मचारी नियमावलीभित्र रहेर निर्णय गरेको भए पनि समाजबाट आउन सक्ने प्रश्नको पाटोलाई ध्यान दिँदै आगामी दिनमा यस्ता कमी कमजोरीलाई सुधार गरिने कार्यकारी निर्देशक साउदले स्पष्ट गरे । उनले पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको सहभागीता बढेको भन्दै समयानुकुल स्टक एक्सचेञ्जले प्रविधीलाई अपग्रेड गर्नुपर्ने धारणा राखे ।
बैठकमा सांसदहरुले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि प्रश्न उब्जिएको बताएका थिए । सांसद रामकुमारी झाँक्रीले सार्वजनिक पदधारण गर्नेमा आत्मअनुुशासन र नैतिकता हुनुपर्ने बताए । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका विषयमा उठेका प्रश्नबारे अरु नियमक निकाय र अर्थ मन्त्रालयसँग छलफल गरिने गरिने समितिले जनाएको छ । https://youtu.be/FvvTYPnczgc
छोरीले किनेको शेयर खरिदसँग जोडेर आफूमाथि गलत लाञ्छना लगाएको सेबोन अध्यक्ष ढुङ्गानाको दाबी |
बैठकमा सांसदहरुले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि प्रश्न उब्जिएको बताएका थिए । सांसद रामकुमारी झाँक्रीले सार्वजनिक पदधारण गर्नेमा आत्मअनुुशासन र नैतिकता हुनुपर्ने बताए । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका विषयमा उठेका प्रश्नबारे अरु नियमक निकाय र अर्थ मन्त्रालयसँग छलफल गरिने गरिने समितिले जनाएको छ । https://youtu.be/FvvTYPnczgc
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्