हिमाल दैनिक
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । अब केहि बेरमा बालुवाटार स्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषदको बैठक बस्न लागेको हो । हिजो मात्र संसद अधिवेशन अन्त्य गरेको सरकारले वर्तमान राजीनितिक परिस्थितिमा आफ्नो सहजताका लागि राजीनितिक दल सम्बन्धि अध्यादेश ल्याउन सक्ने अनुमान गरिएको छ । सरकारका समर्थनमा रहेका नेकपा एमालेका माधव नेपाल समुहको पार्टी भित्रको अवस्थालाई मध्यनजर गर्दै दलले मान्यता प्रदान गर्ने गरि अध्यादेश ल्याने तयारी भईराखेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update