हिमाल दैनिक
अफगानिस्तानबाट १२७ नेपालीको उद्धार
afghanistan-uddar
अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जनालाई काठमाडौं ल्याइएको छ । उनीहरुलाई जजिरा एयरलाइन्सबाट मंगलबार काठमाडौं ल्याइएको हो । विभिन्न कम्पनी मार्फत अफगानिस्तानमा काम गर्न पुगेका उनीहरुलाई अमेरिकाले उद्धार गरेर कतारको दोहा पु-याएको थियो । दोहाबाट उनीहरु नेपाल आएका हुन् । काठमाडौं ल्याइएकामध्ये ११८ जना नेपाली र ९ जना भारतीय नागरिक हुन् । अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने नेपाली सेनाले जनाएको छ । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पु-याएको थियो । नेपाल आएका नागरिकहरुले दुतावासमा काम गर्ने नेपालीहरु सुरक्षित रहेपनि अन्य काममा गएका नेपालीको अवस्था अज्ञात रहेको बताएका छन् । उनीहरुले बाँकी रहेका नेपालीहरुलाई पनि छिटो उद्धार गर्नुपर्ने बताए । विद्रोही तालिबान समूहले अफगानिस्तानमा नियन्त्रण जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विभिन्न देशहरुले सेना पठाएर आफ्ना नागरिकहरुलाई उद्धार जारी राखेका छन् । https://www.youtube.com/watch?v=TmZBSK51ERg&feature=youtu.be
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update