हिमाल दैनिक
प्रमुख प्रतिपक्षी नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ । मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । https://youtu.be/Te111vN8wpI बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको उनले बताए । एकदर्जन भन्दा बढि अध्यादेशमाथि छलफल गर्नुपर्नेमा एक महिनाभन्दा बढि संसदलाई बिजनेशबिहिन बनाएर बैठक अन्त्य गर्नुले सरकारले आफु र गठबन्धन आवद्ध दलहरुबाट संसदबाट बारेमा संसदका बारेमा यसअघि भनिएका बिषय आडम्वरमात्र भएको उनले बताए । गठबन्धनले बिगतमा सार्वजनिक रुपमा दिएका अभिव्यक्ति र सार्वजनिक न्युनतम कार्यक्रममा गरिएका प्रतिवद्धतालाई पनि धज्जी उडाएको उनको भनाइ छ । बैठकले अफगानस्थानबाट नेपालीहरुको स्वदेश फिर्ताका लागि सरकार उदाशिन र गैरजिम्मेवार देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको ज्ञवालीले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update