हिमाल दैनिक
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमाा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु-याएर दल विभाजन गर्न सकिने प्रावधानसहितको अध्यादेश जारी गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए । अध्यादेशमा अब संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान राखिएको बुझिएको छ । मन्त्रिपरिषदको बैठक सकिए लगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update