नेकपा एमाले औपचारिक रुपमा नै फुटेको छ ।
बुधबार एमाले बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी नामको नयाँ पार्टी दर्ताका लागि निवदेन दिएसंगै एमाले औपचारिक रुपमा फुटेको हो ।
बुधवार निर्वाचन आयोग पुगेर आफ्नो अध्यक्षतामा नेपालले नयाँ पार्टी दर्ताका लागि निवेदन दर्ता गराएका थिए । प्रस्तावित दलको अध्यक्षमा माधव नेपाल स्वयं छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहने गरी ९५ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरिएको नेता राजेन्द्र पाण्डेले जनकारी दिए ।
चूनाव चिन्ह भने यसअघि खुला किताब प्रस्ताव गर्ने तयारी भए पनि दर्ता प्रक्रियामै रहेको अर्को दलसँग जुधेपछि त्यसलाई छलफलपछि टुङग्याइने पाण्डेले बताए । उनले दल दर्ता स्वीकृत हुने बित्तिकै आफूहरु सरकारमा सहभागी हुने बताए । दल दर्ता भएपछि चाँडै नै राष्ट्रिय भेला गर्ने तयारी भएको पनि उनले बताए ।
आफूहरुसँग एमालेका उपाध्यक्ष वामदेव गौतम पनि आउने उनले दावी गरे । एमालेभित्र रहँदा ओलीले गरेको व्यवहार,संसद्लाई पटक पटक भंग गर्दा पनि गलत भएको भन्न नसक्ने ओलीसँग पार्टीमा सँगै बस्न नसक्ने अवस्था आएपछि नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको पाण्डेको भनाइ थियो ।
उनले पार्टी एकताका लागि पटक पटक आह्वान गर्दा पनि सुनुवाई नभएकाले बाध्य भएर नयाँ दल दर्ताको कदम चालिएको बताए । नेपाल पक्षका अधिकांश स्थायी कमिटी सदस्यहरू भने नयाँ दल दर्ताको प्रक्रियामा सहभागी भएका छैनन ।
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय